"राम कसम" को रेकर्डिङग सम्पन्न, म्यूजिक भिडियोको छायाँकन हुँदै

२०७५ जेठ १८ शुक्रबार
बेलुकी ७:४२ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १८ जेठ ।
स्टार गायक रुद्रसेन विश्वकर्माको नयाँ एल्बम "राम कसम" को रेकर्डिङग सम्पन्न भएको छ । 

 

केही वर्ष अघि रिलिज गरिएको साँगितिक एल्बम "मनको राजा" को दोस्रो भाग स्वरुप राम कसम नामको एल्बम रिलिज गर्न लागेको हो । 

 

गीति एल्बम मनको राजाको गीतहरुमध्ये राम कसम तिम्रो हलकट छ जवानी गीत सर्वाधिक लोकप्रिय भएको थियो । 


पिआर इन्टरटेन्मेन्टको प्रस्तुति र गायक रुद्रसेन विश्वकर्मा स्वरमा सुसज्जित गीति एल्बम राम कसममा गायिका साहिमा श्रेष्ठको समेत सुमधुर स्वर सजाइएको हो । 

 

एल्बममा गायक विश्वकर्माले स्वयँ गीतकार र सँगीतकार छन् भने प्रदिप रसाईलीले निर्देशन गरेका हुन् ।

 

रुद्रसेन विश्वकर्माको मनको राजा एल्बम दर्शकमाझ सर्वाधिक लोकप्रिय भएको थियो भने त्यही एल्बमको दोस्रो भाग राम कसम समेत दर्शकले रुचाउने विश्वास लिइएको छ । 

सँगीतको दुनियाँमा रुद्रसेन विश्वकर्मा एक परिचित नाम हो । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७५ जेठ १८ शुक्रबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus