मिर्चैयाः हेडमास्टर र लेखापाललाई विद्यार्थीले कार्यालयमै थुने

२०७५ जेठ १७ बिहीबार
दिउसो १:४३ बजे

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १७ जेठ । सिरहाको मिर्चैया ५ मा रहेको श्री मोहन आवासीय प्राबिधिक माविका प्रधानाध्यापक र लेखापाललाई विद्यार्थीहरुले बिहीवार कार्यालयमै थुनेका छन् ।

 

विद्यालयमा प्राबिधिक तर्फ (भेटेनरी) अध्यनरत विद्यार्थीहरुले जिल्ला शिक्षा कार्यालयबाट दिइने रकम उपलब्ध गराउन आवाज उठाउँदा प्रअ अशोक यादव र लेखापाल विद्या सागर साहले गाली गरेपछि विद्यार्थीहरुले कार्यालयको ढोकामा तालाबन्दी गरेर थुनेका हुन् । 

 

प्रधानाध्यापक यादवलाई पटकपटक सो रकम उपलब्ध गराउन आग्रह गरेपनि झुठो आश्वासन दिदै आएको र वास्ता नगरेको विद्यार्थीहरुको आरोप छ ।

 

आज पुनः आग्रह गर्दा प्रअ र लेखापालले गालीगलौज गरेपछि बाध्य भएर कार्यालयमा थुनेको अगुवा विद्यार्थी जगदिश साहले जानकारी दिए ।


 
यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख श्रवण कुमार यादवको उपस्थितिमा विद्यार्थीहरुलाई वार्ताको लागि आग्रह गरेपछि लगाइएको ताला खोलेर प्रअ, लेखापाल, विद्यार्थी र मेयर यादवबीच भएको बार्तामा चाँडै रकम उपलब्ध गराउने र अबदेखि यस्ता कुनै कार्य नहुने सहमति भएको ईप्रका मिर्चैयाका डिएसपी दिपक कुमार खड्काले बताउनुभयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७५ जेठ १७ बिहीबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus