• २०७५ कार्तिक १ गते, बिहीबार
०९:०७ am

जनकपुरमा जारी महिला ह्याण्डबलको फाइलनमा आर्मी र सशस्त्र भिडने


न्यूज ब्यूरो |
जनकपुरधाम, १७ जेठ ।
जनकपुरमा जारी प्रथम मिनी गिरी राष्ट्रिय महिला ह्याण्ड बल प्रतियोगिताको फाइनलमा त्रिभवन आर्मी र सशस्त्र प्रहरी स्थान सुरक्षित गरेको छ । 


विहिबार बिहान भएको सेमिफाइनल खेलमा विभागिय सशस्त्र प्रहरीले पोखरालाई २४–२ को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उत्कृष्ट खेल प्रदर्शन गरेकी सशस्त्र प्रहरीकी पारवती  चौधरी वेष्ट प्लेयर घोषण भए ।


दोश्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले उदयपुरलाई ३२–४ गोल अन्तरले पराजित गर्दै फाइलनमा प्रवेश गरेको छ । उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी शान्तिकला राई वेष्ट प्लेयर चुनिए ।


 दुई विभागिय सशस्त्र र आर्मी शुक्रबार हुने फाइनल खेलमा उपाधिकालागि प्रतिस्पर्धा गर्ने छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस