• २०७५ कार्तिक १ गते, बिहीबार
०८:१३ am

जनकपुरमा आजदेखि महिला ह्याण्डबल प्रतियोगिता सुरु


न्यूज ब्यूरो |
जनकपुरधाम, १५ जेठ ।
 जनकपुरमा प्रथम मिनि गिरी  खुल्ला राष्ट्रिय महिला  ह्याण्डवल प्रतियोगिता -२०७५ आजबाट शुरु भएको छ ।

 

मंगलबार पहिलो दिनको पहिलो खेलमा विभागिय सशस्त्र प्रहरीले २६–१ गेल अन्तरले पुर्वाञ्चललाई पराजित गरेको छ । 


सशस्त्रको तर्फबाट सर्वाधिक ७ गोल गरेकी उमा राय वेष्ट प्लेयर चुनिए । 


दोश्रो खेलमा धनगढीले ७–१ गेल अन्तरले आयोजक जनकपुरलाई पराजित गरेको छ । दोश्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी धनगढीकी मुन्नी राना वेष्ट प्लेयर चुनिए । 


 तेश्रो खेलमा नेपाली आर्मीले २०–३ गोल अन्तरले पोखरालाई पराजित गरेको छ । आर्मीको तर्फबाट कल्पना ओलीले सर्वाधिक ४ गोली वेष्ट प्लेयर चुनिए । 


प्रतियोगिताको चौथो खेलमा विभागिय विभागिय सशस्त्र प्रहरी बलले ३८–० गोल अन्तरले जनकपुरलाइ जितेको छ । 

जिल्ला ह्याण्ड बल धनुषाको आयोजनमा मंगलबार देखि रंगभुमि मैदान बाह्र विग्हामा सुरु भएको छ । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहेको छ ।


 प्रतियोगिताको विजेतालाई ५१ हजार, उपविजेतालाई ३१ ह्जार र तेश्रो स्थान हासिल गर्ने टिमलाइ २१ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ । 


जनकपुरमा ३१ वर्षपछि ह्याण्डबल प्रतियोगिता अयोजना भएको जिल्ला ह्याण्ड बल धनुषाका अध्यक्ष विमलेश सिंहले बताए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस