संघीय भवनमा गर्जे अरगरिया, "जय मधेस" देखि "मधेस प्रदेश" सम्म के के भने ? हेर्नुहोस् ।

२०७५ जेठ १२ शनिबार
बिहान ०७:३४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १२ जेठ ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् संघीय साँसद उमा शंकर अरगरियाले मधेसको बजेट मधेसमा कम्तिमा दिनुपर्ने माग उठाएका छन् ।

 

शुक्रबार निती तथा कार्यक्रम २०७५ उपर बोल्दै नेता अरगरियाले मधेसबाट उठेको ८५ प्रतिशत राजस्व अनुरुप नै मधेसमा बजेट दिनुपर्ने जोडदार माग गरेका छन् ।

 

धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य समेत रहेका साँसद अरगरियाले देशमै कुल बजेटको ८५ प्रतिशत पनि बढी बजेट मधेसबाट उठेको भएपनि बजेट कटौति किन गरेको भन्दै प्रश्न तेर्साए । 

 

चालु वर्षको बजेट तथा नीति कार्यक्रममा मधेसको बजेटमा राजस्व अनुरुप बजेट सामेल गर्नुपर्ने औल्याए । 

 

उनले भने, संघीय, समानता, समावेशिता, समानिकरण, नागरिक पहिचान, प्रादेशिक स्वायतता, समावेशी लोकतन्त्रको लागि संविधान संशोधन गर्नैपर्छ । 

 


जानकी मन्दिरलाई विश्वसम्पदा सूचीको लागि सिफारिस :

यस वर्षको नीति तथा बजेट कार्यक्रममा विश्व प्रसिद्ध जानकी मन्दिरलाई विश्वसम्पदा सुचीमा सुचिकृतको लागि नेपाल सरकारले सिफारिस गर्नुपर्ने माग उठाए ।

 

उनले भने, जहाँ हिन्दुधर्मावलम्बी छन्, त्यहाँ रामायण छ, जहाँ रामायण छ त्यहाँ सीताको चर्चा छ र जनकपुरधामको जानकी मन्दिर जगत जननी माता सीताको मन्दिर हो , नेपाल सरकारले विश्व सम्पदामा सूचिकृत गर्नको लागि सिफारिस यही नीति तथा कार्यक्रम मार्फत गर्नुपर्छ ।

 

 

मधेसमा कृषि विश्वविद्यालय स्थापना  :


साँसद अरगरियाले तराई मधेस कृषिको जन्मदाता भनेर चिनिएकोले ६५ प्रतिशत भन्दा बढी कृषिजन्य उब्जनी मधेसबाट हुन्छ र त्यसको लागि कृषि विश्वविद्यालयको स्थापना आवश्यक रहेको बताए । 

 

नेपाल सरकारको नीति तथा बजेट कार्यक्रम २०७५ उपर सँघीय सँसदमा बोल्दै अरगरियाले तराई मधेस कृषि भूमिको रुपमा चिनिएकोले कृषि विश्वविद्यालयको स्थापना प्रदेश २ को लागि गर्नुपर्ने माग गरे । 

 

प्रदेश २ लाई मधेस प्रदेश भनेर चिनिएकोले मधेसमा ८० प्रतिशत बढी जनसँख्या कृषिमा लगानी गरेको जीकिर गर्दै कृषिको आधुनिकीकरण र थप उर्जाको लागि कृषि विश्वविद्यालयको स्थापना अपरिहार्य हुने दाबी गरे । 

 

मधेसमा कृषिजन्य प्रयोजनको लागि कलकारखानाको स्थापना समेत यसै बजेट तथा नीति कार्यक्रममा समावेश गर्नुपर्ने माग उठाए । 

 


जनकपुरमा अन्तराष्ट्रिय विमानस्थल हुनुपर्ने :


प्रदेश नं. २ को अस्थायी राजधानी तथा तराई मधेसको विकासोन्मुख क्षेत्रको रुपमा रहेको जनकपुरको जनकपुरको विमानस्थलबाट अन्तराष्ट्रिय विमान उडान भर्नुपर्ने बताएका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनकपुरमा अन्तराष्ट्रिय विमानस्थलको बारेमा समावेश गर्नुपर्ने जीकिर गरे । 


अन्यत्यमा नेता अरगरियाले "जय मधेस"को अभिवादन सँसदमै गरेका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज राती १२ बजेदेखि तिन दिनको लागि नेपाल भारत बोर्डर सील

  • २०७५ जेठ १२ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  आगामी  १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले आज (बुधबार) राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्रमा पर्ने इलाम जिल्लाको सबै सीमा

पूरा पढ्नुहोस्

Bureau Menus