• २०७५ कार्तिक १ गते, बिहीबार
०९:१४ am

'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ जेष्ठ । महिला सशक्तिकरणकाे उद्देश्य बोकेर शुरु गरिएको प्रदेश २ स्तरीय मिस २०१८ अन्तर्गत सिरहाको लागि आज मिर्चैयामा अडिसन भईरहेको छ । 

 

अडिसनमा भाग लिन यस क्षेत्रका दर्जनौं युवतीले रैम्प गरी आफ्ना प्रतिभा देखाई अडिसन दिएकी छन् । उक्त कार्यक्रमका आयोजक सुजित रुचालले न्यूज ब्यूरोसँग भने 'यो लैगिंक विभेद विरुद्धको अभियान हो । यसलाई सशक्त रुपमा अगाडि बढाउँन प्रदेश २ को अन्य जिल्लाबाट छनौट भएकाहरुलाई चाँडै फाइनलमा प्रदर्शन गराउनेछौं ।' 

 

फाईनल अगाडि छनौट भएकी युवतीहरुलाई २० दिने तालिम को व्यवस्था गरिने ईभेन्ट म्यानेजर डिएस सुनारले बताए ।

 

मधेशी समाजमा रहेको बालविवाह, बहुविवाह, दहेजप्रथा, महिला हिंसा जस्ता घटनालाई न्यूनिकरण गर्न यो अभियान सवल बन्दै गएको आयोजकले जनाए । 

 

क्रमशः छनौटमा परेकी युवतीहरुलाई २० दिनमा रैम्प, पर्सनालिटी, फिटनेश, ब्यूटीकेयर, स्पीच, ट्यालेन्ट लगायतका तालिम दिइने जनाइएको छ । 

 

जिल्लाका प्रतिभालाई आन्तरिक जागरण गरी नेशनल पहिचानको रुपमा स्थापना गर्न यो कार्यक्रम सार्थक हुने बताएका छन् । यसको फाइनल बाटिका टुरिज्म लहानमा हुने बताइएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस