• आइतबार ५-३-२०७५/Sunday 08-19-2018
10:04 am

कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल


रञ्जन भण्डारी |
जनकपुरधाम, ११ जेठ ।
कत्तारमा एक कत्तारी व्यक्ति हत्या अभियोगमा फाँसीको सजाय सुनाइएका महोत्तरीका अनिल चौधरी बचाउको लागि पुनरावेदन अदालत अपिल गरिएको छ । 

 

विगत १ वर्षदेखि कत्तारकोे जेलमा कैद रहेका अनिललाई कत्तार अदालतले कतारी व्यक्तिको कर्तव्य ज्यान मुद्दामा फाँसीको सजाय सुनाएपछि उनका परिवार विच्चलीमा परेका छन् ।

 

महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय अनिललाई त्यस काण्डमा कतारको तल्लो दुई तह अदालतले फासीको सजाय दिएका हुन् ।

 

वैदेशिक रोजगार प्रवद्र्धन वोर्डले नेपाली दुतावास मार्फत पुनरावेदन गर्न चाहिने रकम पठाएपछि अनिलको वहस गर्न अधिवक्ता नियुक्त गर्दै कतारको पुनरावेदन अदालतमा मुद्दा दर्ता गरिएको हो ।

 

वोर्डले वैशाख १३ गते नै नेपाली दुतावासलाई अनिलको वचावको लागि पुनरावेदन गर्न पत्र पठाएपछि जेष्ठ ४ गते पुनरावेदनमा उनको पक्षमा मुद्दा दर्ता भएको अनिलका मामा भंगहा नगरपालिका वडा नं. १ सिंग्याही निवासी ओम प्रकाश चौधरीले बताए ।

 

उनले पुनरावेदन गर्न करिव ३० हजार रियाल चाहिएकोमा अथक प्रयास पछि वोर्ड उक्त रकम तिर्न राजिभएपछि नेपाली दुतावास पुनरावेदन गराउन सफल भएको छ ।

 

अनिलको पक्षमा राखिएको अधिवक्ताले अनिलको मुद्दाको सन्दर्भमा सवै कागजातहरु जुटाईरहेको र अवको केहि दिन पछाडी अदालती प्रकृया शुरु हुने भएपनि कुन मितिमा कार्यवाही सुरु हुने सो आफुहरुलाई तत्काल जानकारी नभएको उनको मामाले बताए ।

 

अनिललाई कतारीलाई छुरा हानेको अभियोगमा पक्राउ गरिएकोमा मृतक कतारी नागरिकको घाईते भएको करिव ६ महिना पश्चात उपचारको क्रममा मृत्यु भएको परिवारले जानकारी पाएको छ ।

 

 

को हुन अनिल ?

औरही नगरपालिका वडा नं. १ का श्याम चौधरीका एकमात्र सन्तान २० वर्षिय अनिल चौधरी विगत तिन वर्ष देखि कतार स्थित एक कार वास सेन्टरमा काम गर्दै आएकोमा गत वर्ष उनलाई प्रहरीले हत्या अभियोगमा समातेको थियो ।

 

 विगत एक वर्ष देखि कतारमा मृत्यु कुरेर वसेका छन । कतारको दुई तल्लो अदालतले उनलाई एक कतारीको हत्यारा ठगर गर्दै फासीको फैसला सुनाएपनि उनी मृत्युको प्रतिक्षामा वसेका हुन । यता अदालतले अन्तिम मौका दिदै उहालाई सन २०१८ को मे २५ भित्र पुनरावेदन गर्न फैसलामा उल्लेख गरेपनि रकम अभावमा उनी पुनरावेदन गर्न समेत असमर्थ रहेका छन ।

 

यता दोहा स्थित नेपाली राजदुतावासले  कन्सुलर सेवा विभागलाइ विभिन्न मितिमा उक्त मुद्दा सम्बन्धि पत्रहरु समेत पठाएको छ । सर्वोच्च अदालतमा पुनरावेदन गर्न परराष्ट्र मन्त्रालयलाई  आवश्यक रकम जुटाउन पहल गरिदिन कन्सुलर सेवा विभागले आग्रह गरेको छ । सो आग्रहमा पहल गर्दै परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगार प्रवद्र्धन वोर्डलाई २०७५।१।१४ मा पत्र काटेको छ । फैसला विरुद्ध पुनरावेदन गर्न अनुमानित कतारी ३० हजार रियाल लाग्ने छ ।

 

 

अनिलको परिवारको विचल्ली :

अनिल चौधरीका वुवा औरही वजारमै ठेलामा मुरही र कचरी लगायतका नास्ता सामग्री वेचेर गुजारा गर्दै आएका छन । 

 

 

सानो पसल समेत थापेका उनका वुवा ठेलामा मुरही वेच्दा आमा उक्त पसलमा बस्छिन । दैनिक दुई छाक टार्न समेत धौ धौ पर्ने अनिलका वुवा र आमा छोराको अवस्था वुझेर झनै चिन्तित बनेका छन । 

 

एकमात्र सन्तानलाई मृत्युको मुखबाट बचाउन आफुहरुले भ्याउनेसम्मको प्रयासहरु गरिरहेका छन ।

 

चिनेजानेका विभिन्न नेता तथा सरकारी अधिकारी कहा धाउदा पनि अझै छोरा वाचेर आउने हुन वा होईनन उनीहरुलाई थाहा नभएपनि प्रयास भने जारी छ । आफ्नै घर र जग्गाको अभावमा उनीहरु भाडाको घरमा वसेका छन ।

 

यता, धनुषाका उमेश यादव बचाउको लागि सँकलन गरिएको रकममध्ये करिब १५ लाख रुपैयाँ बढी रकम ग्रोविँग नेपाल फाउण्डेशनको बैँक खातामा जम्मा भएकोले त्यो रकम अनिलको लागि प्रयोग गर्दा वेश हुने बताइएको छ । 

 

बैदेशिक रोजगारीमा रहेका युवाहरुले एक एक रकम जम्मा गरी पठाएको रकममध्ये ३० लाख उमेश बचाउको लागि प्रयोग हुने भएको छ भने बाँकी बसेका करिब १५ लाख रुपैयाँ अनिल बचाउको लागि उपयोग गर्नुपर्ने कथन उनीहरुको छ । 

 

यता, बाँकी बसेका उक्त रकमलाई के गर्ने नगर्ने भन्ने बारे फाउण्डेशनका अध्यक्ष सरोज रायले अधिकारिक घोषणा गरेका छैनन् ।

प्रतिकृया दिनुहोस