• २०७५ कार्तिक २ गते, शुक्रबार
०३:५२ am

धनुषाको पर्वतामा  मेयर मण्डलद्धारा शिव मन्दिर शिलान्यास 


बिनय कुमार यादव |

जनकपुरधाम,  १० जेठ । धनुषाधाम नगरपालिकाकाको वडा नं. ५ मा आस्थाको केन्द्र शिव मन्दिर निर्माणको लागि शिलान्यास गरिएको छ । 

नगरपालिकाका मेयर बालेश्वर मण्डलले एक कार्यक्रमबीच शिव मन्दिरको शिलान्यास गरेका हुन् ।

 

हनुमान मन्दिरका महन्थ प्रमेश्वर दासले शिव मन्दिर निर्माणको लागि २ कठ्ठा जमिन दान गरेका छ्न । मन्दिर निर्माणको लागि वडा नं. ५ का वडाध्यक्ष ईन्द्र कुमार महतोले पहिल गरेपछि जग्गा दान गरिएको जनाइएको छ । 

 

मेयर मण्डलले मन्दिर निर्माणको लागि शिलान्यास गर्दै जग्गा दाता दासलाई अभार प्रकट गर्दै प्रशँसा गरे । समाजमा यस्ता दाताहरुको खाँचो उनले औँल्याए । 

 

शिलान्यास कार्यक्रम वडाध्यक्ष महतोको अध्यक्षतामा भएको थियो भने मेयर मण्डलले प्रमुख आतिथ्यको आसनबाट मन्दिर शिलान्यास गरेका हुन् ।


कार्यक्रममा  विभिन्न रानजीतिक दल, समाजसेवी, स्थानीय सहित प्राविधिक इन्जिनियर प्रमोद यादव समेत उपस्थिति रहेको थियो।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस