धनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १० जेठ ।
धनुषामा आज विहानै करेन्ट लागेर एक नवयुवकको अनुहार जलेको छ । 


धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर स्थित रहेको एक पीपलको बोटमा खसेको बिजुलीको ३३ केभिए भोल्टको तारका कारण करेन्ट लागेर गम्भिर घाईते भएको हो । 
घाईते हुनेमा स्थानीय रफिद नदाफको बषै १२ का छोरा सिराजुल नदाफ रहेको छ । आफ्नै गाउँ बाहिर रहेको पीपलको बोट छुँदा करेन्ट लागेर जलेको बताइएको छ  ।

 

 

लक्ष्मीपुरबाट धारापानी जाने बाटोमा रहेको पीपलको बोटमा ३३ हजार भोल्टको तार झरेको छ । यसबारे विद्युत प्राधिकरणलाई बारम्बार जानकारी गराएपनि चरम लापरवाहीका कारण नदाफको ज्यान जोखिममा भएको बताइएको छ ।

 

तार खसेपछि पीपलको आधी बोट जलेको अवस्था छ भने यो घटना पश्चात् गाउँमा अलर्ट जारी गरिएको छ । 

 

 

करेन्ट लागेर गम्भिर घाईते भएका सिराजुललाई धनुषाधाम अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारको लागि धरान रिफर गरिएको ब्यूरोसहकर्मी विनय कुमार यादवले जनाए ।

प्रतिकृया दिनुहोस

प्रदेश नं. २ ट्राफिक अपडेट : ३१ सवारी दुर्घटना हुँदा, ३६३ को मृत्यू 

रंजन भण्डारी महोत्तरी,४  असार । प्रदेश २ सडक सुरक्षाको दृष्टीकोणले ज्यादै संवेदनशिल रहेको छ । चालु आर्थिक वर्षको जेष्ठ अन्तिमसम्म प्रदेशमा एकहजार

जनकपुर अञ्चल अस्पताल मेसु काण्डमा पक्राउ परेकाहरु २५ हजार धरौटीमा रिहा 

न्यूज ब्यूरो | जनकपुरधाम, १ असार । जनकपुर अञ्चलअ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट काण्डमा पक्राउ परेका पाँचै जना युवाहरुलाई आज रिहा गरिएको छ

जानकी मेडिकल कलेजमा चर्कियो आन्दोलन,  गाडी तोडफोड सहित टायर बाल्दै प्रदर्शन !

न्यूज ब्यूरो | जनकपुरधाम, १ असार । पटक पटक विवादित हुँदै आएका धनुषाको जानकी मेडिकल कलेजमा पुनः आन्दोलन चर्किएको छ ।    धनुषाको रमदैया स्थित रहेको

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post