ब्लडक्यान्सर : मृत्यूको पर्खाइमा एक १२ वर्षिय बालक

२०७५ जेठ १० बिहीबार
बिहान ०८:३२ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १०  जेठ ।
महोत्तरीमा एक १२ वर्षिय वालक रकम अभावमा  ब्लड क्यान्सरसंग लडदै छन ।

 

अभिभावकले ३० लाख भन्दा वढी रकम उपचारमा खर्च गरिसकेको र रकम अभावमा उपचारमा वाधा आउन थालेपछि वालक मृत्यु पर्खेर वस्नुको विकल्प रहेको छैन ।

 

सदरमुकाम जलेश्वर स्थित न्यु मोर्डन ईंगलिस वोर्डिंग स्कुलमा कक्षा ५ मा अध्ययनरत जलेश्वर ४ सुगाका १२ वर्षिय वालक रवि पासमान विगत एक वर्ष देखि विरामी रहदै आएको र सोहि समय देखि नेपाल र भारतका विभिन्न अस्पतालमा उनको जेचजाच भएपछि उनलाई होडस्किन लिम्फोमा क्लासिक रोग लागेको र उनी तेस्रो चरणको बि अवस्थामा पुगिसकेको भक्तपुर स्थित क्यान्सर अस्पतालका डा. अजय झाको भनाई छ । हाल वालकलाई सोहि अस्पतालमा केमो थेरेपी दिईदैछ ।

 

केमो थेरेपी महंगो भएको र रोग पत्ता लगाउन तथा सो पश्चातकै औषधोपचारमा भएभरको सवै सम्पत्ती समाप्त भईसकेको वालकका पिता नागेन्द्र पासमानले बताए ।

 उनले अव उपचारको लागि एक सुको पनि वाकि नवचेकोले सवै मिलेर आफ्नो छोरा वचाईदिन गुहारेका छन ।

 


स्थानिय निजी विद्यालयमा शिक्षक रहेका पासमान छोरा विरामी भएपछि पेशा समेत छुटेको र आयको अन्य स्रोत समेत नभएको बताए ।

 सामाजिक अभिन्ता समेत रहेका उनी जिवन समाजसेवामै विताएपनि आज आफ्नै छोरालाई वचाउन असक्षम रहेको र सहयोग माग्न विवश भएको वताए ।


यसरी पठाउन सकिन्छ सहयोग :
वालकको जिवन रक्षाका लागि उनका पिता नागेन्द्र पासमानको वैंक खाताहरुमा रकम पठाएर सहयोग गर्न सकिन्छ ।

राष्ट्रिय वाणिज्य वैंक जलेश्वर शाखामा वचत खाता नं. १२७००१९९८९१०  मा उहालाई सहयोग पठाउन सकिनेछ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७५ जेठ १० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus

} }