छोरीलाई हसुवा खुर्पी हैन, विद्यालय पठाऔँ

२०७५ जेठ ९ बुधबार
रति ९:१२ बजे
न्यूज ब्यूरो, डेस्क


विनय कुमार यादव |
जनकपुरधाम, ९ जेठ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ७ मा स्थापित समुदायिक विद्यालय रा.प्रा.वि मटहीका प्रधानाध्यापक योगेन्द्र साहले छोरीलाई हातमा हसुवा खुर्पी नदिई विद्यालय पठाउन आग्रह गरेका छन् ।

 

समुदायिक विद्यालय नियमित सरसफाईको क्रममा बुधबार विद्यालयमा गरिएको सरसफाईको क्रममा प्रअ साहले वर्तमान समयमा तराई मधेसमा छोरीलाई हातमा हसुवा खुर्पी मात्र दिने गरेकोले त्यसबाट बाहिर निकालेर विद्यालयसम्म पठाउन आग्रह गरे । 

 

प्र.अ. साहको अध्यक्षता एवम् वडा नं. ७ का वडाध्यक्ष रामदेव सहनीको प्रमुख आतिथ्यमा सम्पन्न साप्ताहिक सरसफाई कार्यक्रममा सहभागीहरुले बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय पठाउन आग्रह गरे । 

 

कार्यक्रममा बोल्दै वडाध्यक्ष सहनीले आगामी योजनामा विद्यालय सुधारको लागि चाखलाग्दो बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । 

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकु सहनी सहित भद्रभलाद्मी, युवा, विद्यार्थीहरुको मोटो सहभागीता रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ जेठ ९ बुधबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus