सिरहामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

२०७५ जेठ ३ बिहीबार
रति ९:४३ बजे

न्यूज ब्यूरो, सिरहा, ३ जेष्ठ । सिरहाको कल्याणपुर नगरपालिकामा एक युवकको हत्या भएको छ ।

 

कल्याणपुर नगरपालिका १ अर्नामा बनिनियाँमा धारिलो हतियार प्रहारबाट गोपी सदाका २२ वर्षीय छोरा उमेश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सदाको घाँटीमा  धारिलो हतियार प्रहार गरिएको छ । मृतक सदाको शव अर्नमा बनिनियाँको लोहजारा नदिमा भेटिएको छ । 

 

सदा वैदेशिक रोजगारीवाट १ वर्ष पहिले फर्किएका थिए । एउटा मात्रै छोरा रहेको गोपी काठमाडौको एक ईटाभट्ठामा काम गरिरहेको छ । बुधवार साँझदेखी वेपता भएको सदाको शव आज (बिहिवार) दिउँसो ४ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

 

प्रहरीले शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याउने तयारी गरेको छ । घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता राजन भेटवालेले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus

} }