• २०७५ भदौ ६ गते, बुधबार
०१:११ pm

सिरहा युवा संजालले संस्कृति संरक्षण हेतु अन्तरक्रिया कार्यक्रम गर्ने

बिनय यादव ।।

सिरहा, ३ जेष्ठ । सिरहा जिल्लाका युवाहरूको साझा संगठन सिरहा युवा संजालले संस्कृति संरक्षणको लागि "मौलिक संस्कृति र विज्ञानको सन्तुलन" विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

 

संजालले बुधबार एक सूचना सार्वजनिक गर्दै यही आउँदो जेष्ठ ५ गते काठमाडौं स्थित पुल चोक इन्जिनियरिङ क्याम्पसको एफ-हलमा उक्त कार्यक्रम गर्न लागिएको जनाइएको हो ।

 

नेपाल जस्तो देशमा विज्ञानको एकतर्फि विकास हुनु भनेको देशलाई दीर्घकालीन रुपमा ठूलो नोक्शान हुने र यसले भविष्यमा देशको अस्तित्व धरापमा पर्न सक्ने भन्दै विज्ञान र संस्कृतिको सन्तुलन मिलाएर अघि बढ्नुपर्ने विषयमा गहन चर्चापरिचर्चा हुने संजालका सदस्य तथा उक्त कार्यक्रमका अगुवा रामकुमार यादवले जनाउनु भयो ।

 

संजालले स्थानीय स्तरबाटै साइन्स एन्ड कल्चर क्लबको निर्माण तथा संचालनको उद्देशले विज्ञान र संस्कृत दुबै संकायका विद्वान, चिन्तक तथा विद्यार्थीहरुको विषेश उपस्तिथिमा कार्यक्रम गर्न लागिएको जनाइएको छ । 

 

कार्यक्रमको सहयोगी संस्थाको रुपमा नेपाल तराई विद्यार्थी नवजागरण संघ रहेको छ । संजालले जारी गरेको सूचना मार्फत सम्बन्धित सबैलाई उपस्थितिको निमित्त अनुरोध समेत गरिएको छ ।
 

resized image

विनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा - नेपाल

विनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +9779869067694 | binay.yadav.5064@gmail.com |

प्रतिकृया दिनुहोस