जनकपुरका विद्यार्थीले भारतमा बनाए "मिलिँग मेसिन"

२०७५ जेठ २ बुधबार
बिहान ११:१९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २ जेठ ।
भारतको हरियाणामा स्थित एक कलेजमा अध्ययनरत जनकपुरका दुई विद्यार्थीले मिलिँग मेसिन बनाउन सफल भएका छन् ।

 

भारतको हरियाणा स्थित टेरी पोलिटेक्निकका मैकैनिकल ईन्जिनीयरिँगको अन्तिम वर्षमा अध्ययनरत जनकपुरका विश्वनाथ महत र आरिफ नामक विद्यार्थीले उक्त मेसिन बनाउन सफल भएका हुन् ।

 

कलेजका टेक्निकल पर्यवेक्षक उदयवीर सिँह र कुलवंत जांगडाको सहयोग तथा सँस्थानका विभागिय अध्यक्ष प्रा. एन के सिक्काको मार्गदर्शनमा ईन्जिनीयरिँग डिवाईस तयार गरेका हुन् ।

 

तयार गरिएको उक्त मेसिन लेथ मेसिनलाई मिलिँग मेसिनमा परिवर्तन गर्नेछ । जानकारका अनुसार मूलतः लेथ मेसिन धातुलाई बेलनाकार रुपको लागि प्रयोग गरिन्छ भने मिँलिँग मेसिनले बहुरुपिय आकारको लागि प्रयोग गरिन्छ । 

 

ईन्जिनीयरिँग वर्कशोपको लागि अति आवश्यक मानिन्छ यी दुवै मेसिन । सँस्थानमा तयार पारिएको यी मेसिनलाई लेथ मेसिनको माथि अटैच गरी सँलग्न गर्न सकिने जनाइएको छ । 

यो मेसिनको प्रयोगले लेथ मेसिनको हरेक काम मिँलिग मेसिनले सहजता प्रदान गर्न भ्याउने छन् ।

 

सँस्थानका मुख्य सल्लाहकार एवम् टेक्निकल शिक्षा विभागका पूर्व निर्देशक डा. एम पी गुप्ताले जनकपुरियन विद्यार्थीको उक्त कार्यलाई प्रशँसा गरेका छन् ।

मैकेनिकल ईन्जिनीयरिँग क्षेत्रमा अभूतपूर्व अविष्कार रहेको बताउँदै गुप्ताले यस प्रोजेक्टलाई प्लेटफर्मको आवश्यकता रहेको औल्याए । 


लघु एवम् मध्य स्तरको ईन्डटरीको साथमा यो डिवाईस साझा गरेपछि मैन्यूफैक्चरिँग क्षेत्रमा समेत क्रान्ती ल्याउने तथा कमै लागतमा उद्योगमा यो डिवाईसले उपयोगी कार्यहरु गर्न सक्ने दाबी गर्दै मेसिन खरिद गर्न आउने फजुल खर्च बचाएर अन्य कार्यमा लागत गर्न सकिने बताए । 

 

दामलाका सेठ जय प्रकाश पोलिटेक्निकमा आयोजित राज्यस्तरीय प्राजेक् प्रदर्शनीमा नेपाली विद्यार्थीहरुको यो प्रोजेक्टले सरकारी वा गैरसरकारी सँस्थाको लागतमा तयार पारिएको सबैलाई उछिन्दै प्रथम स्थान हाँसिल गर्न सफल भयो । 

 

त्यस अवसरमा सँस्थानका निर्देशक डा. सागर गुलाटीले प्रयोगात्मक शिक्षा एवम् वर्कशोपको महत्वलाई ध्यान दिँदै टेरी सँस्थानले विगतको ११ वर्षदेखि निरन्तर कडा सँघर्षमा लागेको बताए । 

 

सँस्थानका प्राधानाचार्य बी एल अरोराले मधेसी मूलका नेपाली विद्यार्थीहरुलाई बधाई र शुभकामना समेत दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ जेठ २ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus