ब्यूरोकर्मी यादवलाई ईन्सपेक्टर समक्षै ज्यान मार्ने धम्की  !

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २ जेठ ।
त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित न्यूज ब्यूरो डिजिटल पत्रिकाका संवाददाता विनय कुमार यादवलाई ज्यान मार्ने धम्की दिइएको छ ।

 

मँगलबार राती करिब ९ बजे धनुषाको महेन्द्रनगर स्थित सँचारकर्मी  यादवलाई प्रहरी समक्षै ज्यान मारिदिने धम्की दिएका छन् ।

 

ईलाका प्रहरी महेन्द्रनगरका प्रहरी नीरिक्षक नरेश सिँहकै अगाडी महेन्द्रनगर यामाहा शोरुम गैरेजका सुरेश ठाकुरले सँचारकर्मी यादवलाई ज्यान मार्ने धम्की दिए । 

 

महेन्द्रनगर स्थित एक होटेलमा खाजा खाँदै गर्दा महेन्द्रनगरबाट सँचालित दुधमति एफ एमका सँचालक अनिल महतो, न्यूज ब्यूरोका शँकर यादव र विनय यादव सम्मलित सँचारकर्मीहरुले समेतसँग ठाकुरलाई भनाभन भएको थियो । 

 

होटेलमा एक टेबलमा ठाकुर सहितका उनका साथीहरु बसेका थिए भने पछाडीको टेबलमा यादवसहितका साथीहरु बसेका थिए । 

 

मदिरा सेवन गरी लठ्ठ परेका ठाकुरले पत्रकारले आफूलाई के विगार्ने भनेर आफूखुसी बरबराउन थाले । यीनीहरु जस्तो पत्रकारलाई दिनहुँ खरिद विक्री गर्छु भनेपछि सँचारकर्मी यादवले ठाकुरलाई सम्झाउँदा महेन्द्रनगरका ईन्सपेक्टर सिँहलाई समेत बोलाएर ठाकुरले उनका समक्ष नै मार्ने धम्की दिए ।

 


ठाकुरले आफ्ना समर्थक एवम् लठैतहरु बोलाएर सँचारकर्मी यादव सहित अन्यलाई घेराबन्दी गरी राखेपनि प्रहरी ईन्सपेक्टर सिँह कुनै चासो नलिनुमा ठाकुरप्रतिको उदारता झल्किएको तथा कानुनको धज्जिया उडाएको देखियो । 

 

प्रहरी समक्ष नै ज्यान मार्ने धम्की दिँरहदा प्रहरी केही पनि बोल्नु सुरक्षाकर्मीबाट सुरक्षाको अपेक्षा गर्न नसकिने पीडित यादवले बताए ।

यता, प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले यस घटना बारे सत्यतथ्य बुझेर दोषीलाई कारवाहीको घेरामा ल्याउने बताएका छन् ।

 

न्यूज ब्यूरोसँग मन्त्री यादवले कानुनलाई हातमा लिन खोज्ने वा लिने जो कोही समाजका अपराधी हुन र यस्तालाई तह लगाउन कुनै कसर बाँकी नछाड्ने बताए । 

 

यसअघि नै फटहागिरी गर्नेलाई तह लगाउने प्रतिवद्धता जाहेर गरेका गृहमन्त्री यादवले कानुनलाई धज्जिया उडाउने र उडाउन दिने दुवैलाई कारवाहीको दायरामा ल्याउने दाबी गरे । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रविण धितालले व्यस्तता जनाए । 

 

प्रहरी नीरिक्षक सिँहले भने कुनै प्रकारको झगडा नभएको बताएका छन् ।

पत्रकारलाई ज्यान मार्ने धम्की दिएका ठाकुर यसअघि पनि यस्ता उच्छृगल गतिविधिहरु गर्दै आएको स्थानीयहरुको आरोप छ । 

प्रतिकृया दिनुहोस

सिरहामा भरुवा बन्दुकसहित एकजना पक्राउ

न्यूज ब्यूरो | सिरहा, ५ असार । हातहतियारसहित प्रहरीले आज सिरहाको धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा

जनकपुरबाट विहान विहान दुःखद खवर : एम्बुलेन्स दुर्घटनामा परी एक युवकको ज्यान गयो 

विनय कुमार यादव | जनकपुरधाम, २ असार । धनुषाको ढल्केवर स्थित विरामी बोक्ने एम्बुलेन्स दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।    पूर्व पश्चिम

जनकपुरमा ट्रीपर र पिकअपको बीचमा परे मोटरसाईकल, मानवीय क्षति भएन

न्यूज ब्यूरो जनकपुरधाम, २८ जेठ । जनकपुरमा दिउँसो ट्रीपर र पिकअप जुध्दा एक मोटरसाईकल पुर्ण रुपले क्षतिग्रस्त भएको छ ।    जनकपुर उपमहानगरपालिका

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post