ब्यूरोकर्मी यादवलाई ईन्सपेक्टर समक्षै ज्यान मार्ने धम्की  !

२०७५ जेठ २ बुधबार
बिहान १०:०५ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २ जेठ ।
त्रिनेत्र न्यूज नेटवर्कद्धारा सँचालित न्यूज ब्यूरो डिजिटल पत्रिकाका संवाददाता विनय कुमार यादवलाई ज्यान मार्ने धम्की दिइएको छ ।

 

मँगलबार राती करिब ९ बजे धनुषाको महेन्द्रनगर स्थित सँचारकर्मी  यादवलाई प्रहरी समक्षै ज्यान मारिदिने धम्की दिएका छन् ।

 

ईलाका प्रहरी महेन्द्रनगरका प्रहरी नीरिक्षक नरेश सिँहकै अगाडी महेन्द्रनगर यामाहा शोरुम गैरेजका सुरेश ठाकुरले सँचारकर्मी यादवलाई ज्यान मार्ने धम्की दिए । 

 

महेन्द्रनगर स्थित एक होटेलमा खाजा खाँदै गर्दा महेन्द्रनगरबाट सँचालित दुधमति एफ एमका सँचालक अनिल महतो, न्यूज ब्यूरोका शँकर यादव र विनय यादव सम्मलित सँचारकर्मीहरुले समेतसँग ठाकुरलाई भनाभन भएको थियो । 

 

होटेलमा एक टेबलमा ठाकुर सहितका उनका साथीहरु बसेका थिए भने पछाडीको टेबलमा यादवसहितका साथीहरु बसेका थिए । 

 

मदिरा सेवन गरी लठ्ठ परेका ठाकुरले पत्रकारले आफूलाई के विगार्ने भनेर आफूखुसी बरबराउन थाले । यीनीहरु जस्तो पत्रकारलाई दिनहुँ खरिद विक्री गर्छु भनेपछि सँचारकर्मी यादवले ठाकुरलाई सम्झाउँदा महेन्द्रनगरका ईन्सपेक्टर सिँहलाई समेत बोलाएर ठाकुरले उनका समक्ष नै मार्ने धम्की दिए ।

 


ठाकुरले आफ्ना समर्थक एवम् लठैतहरु बोलाएर सँचारकर्मी यादव सहित अन्यलाई घेराबन्दी गरी राखेपनि प्रहरी ईन्सपेक्टर सिँह कुनै चासो नलिनुमा ठाकुरप्रतिको उदारता झल्किएको तथा कानुनको धज्जिया उडाएको देखियो । 

 

प्रहरी समक्ष नै ज्यान मार्ने धम्की दिँरहदा प्रहरी केही पनि बोल्नु सुरक्षाकर्मीबाट सुरक्षाको अपेक्षा गर्न नसकिने पीडित यादवले बताए ।

यता, प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले यस घटना बारे सत्यतथ्य बुझेर दोषीलाई कारवाहीको घेरामा ल्याउने बताएका छन् ।

 

न्यूज ब्यूरोसँग मन्त्री यादवले कानुनलाई हातमा लिन खोज्ने वा लिने जो कोही समाजका अपराधी हुन र यस्तालाई तह लगाउन कुनै कसर बाँकी नछाड्ने बताए । 

 

यसअघि नै फटहागिरी गर्नेलाई तह लगाउने प्रतिवद्धता जाहेर गरेका गृहमन्त्री यादवले कानुनलाई धज्जिया उडाउने र उडाउन दिने दुवैलाई कारवाहीको दायरामा ल्याउने दाबी गरे । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रविण धितालले व्यस्तता जनाए । 

 

प्रहरी नीरिक्षक सिँहले भने कुनै प्रकारको झगडा नभएको बताएका छन् ।

पत्रकारलाई ज्यान मार्ने धम्की दिएका ठाकुर यसअघि पनि यस्ता उच्छृगल गतिविधिहरु गर्दै आएको स्थानीयहरुको आरोप छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ जेठ २ बुधबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus