• २०७५ कार्तिक २ गते, शुक्रबार
०३:४९ am

परदेशी जीवनमा आधारित


न्यूज ब्यूरो |
जनकपुरधाम, ३१ बैशाख ।
परदेशी जीवनमा आधारित मधेसी मूलका नेपालीले गुरु धिरु नामक मैथिली कविता सँग्रह प्रकाशित गर्न सफल भएका छन् ।


बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको पीडा, बेदना र चुनौतिहरुलाई विशुद्ध मुद्दा बनाई रचना गरिएको कविताहरुको सँग्रह बनाएका छन् ।


सिरहा जिल्ला धनगढीमाई नगरपालिका वडा नंं ७ फुलकाहा कट्टी बस्ने गुरुदयाल यदुवंशी र धनुषा जिल्लाका हँसपुर नगरपालिका वडा नं. ९ मोरहा बस्ने धिरेन्द्र पासवान सौर्यको सँयुक्त मनोभाव र कलमको रचनामा उक्त कविता सँग्रह प्रकाशित गरिएको हो । 

 

भाषामा मौलिकता र सहजता भरिपूर्ण गरिएको उक्त कविता सँग्रहमा नव युवा र नव पिढीका मनोभावको उज्वल स्वर सुसज्जित गरिएको छ । 

परदेशी जीवनको पीडा, दुःख, भविष्य र वर्तमानको समागमले झल्काइएको कविता सँग्रहमा गुरु र धिरुको लेखन बेजोड प्रस्तुत गरिएको छ ।

 

विगत ४ बर्षदेखि परदेशी जीवन व्यतित गरिरहेका गुरु र धिरु समयको पावन्दी तथा अभावमा पनि उक्त प्रकाशनले उनीहरुको क्षमता र यौगितकतामा मिसाल कायम गरेको छ । 


वैदेशिक रोजगारीमा रहेर पनि कार्यव्यस्ताको बाबजुद आफ्नो मातृभाषा मार्फत मातृभूमीलाई उत्थान र सम्बर्धनको लागि चालेको यो कदमलाई वरिष्ठ कविहरुले सराहनीय र प्रशंसनीय बताएका छन् ।

 

एम ए प्रिन्टर्स अप्सेट प्रेस विराटनगरबाट प्रकाशित भएको यो कविता सँग्रह जनकपुर लगायत मधेसको अन्य शहरहरुको पुस्तक पसलमा समेत उपलब्ध गराइएको छ । 
जनकपुरको जानकी चौक स्थित जनता पुस्तक भण्डारमा सहज उपलब्ध गराइएको युवा कवि धिरेन्द्र पासवान सौर्यले जानकारी दिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस