राजपाका नेताद्वय र भारतीय प्रम मोदीबीच भेटवार्ता 

२०७५ बैशाख २९ शनिबार
रति ८:४० बजे
न्यूज ब्यूरो, डेस्क

 

 

बिनय यादव |

सिरहा, २९ बैशाख । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

 

भारतका प्रधानमन्त्री मोदीसँग उनीहरूले आज (सनिवार) अपराह्न होटल हायातमा भेटवार्ता गर्नुभएको हो । 

 

भेटमा राजपा नेपालका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव, राजेन्द्र महतो, अनिल कुमार झा, सरत सिंह भण्डारी, महेन्द्र राय यादव लगायतका नेताहरु सहभागी रहेका थिए । 

 

भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले बताउनुभयो ।

 

भारतीय प्रधानमन्त्रीको यसपटकको नेपाल भ्रमणमा मधेसको राजनैतिक, आर्थिक, सामाजिक तथा धार्मिक पर्यटन र धार्मिक सम्बन्धले बढी चर्चा पाएको बताउनुभयो । 

 

सांसद यादवका अनुसार राष्ट्रिय जनता पार्टी र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई थप सदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताउनुभयो । 

 

भेटमा राजपाका नेताद्वयहरुले नेपालको आर्थिक एवं सामाजिक विकासमा भारत सरकारले गर्दैआएको सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको थियो । 

 

भारतका प्रधानमन्त्री मोदीले नेपाललाई समृद्ध बनाउन यहाँका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने र यसमा खासगरी युवापुस्तालाई अघि सार्नुपर्ने सुझाव दिनुभएको उहाँले जानकारी दिनुभयो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७५ बैशाख २९ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus