• २०७५ कार्तिक २ गते, शुक्रबार
०४:०२ am

"जनकपुरके बीना राम भी अधुरा" : मोदी ( सम्बोधन विशेष )

मोदीको 5T भिजन मा  Talent , Tradition, Tourism , Trade , Technology रहेको छ । 


न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख ।
जनकपुरको ऐतिहासिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र मिथिला बिना भगवान राम समेत अधुरा रहेको बताएका छन् ।

 

दुई दिने नेपालको धार्मिक भ्रमणमा पहिलो दिन जनकपुर आईपुगेका मोदी जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्द कार्यक्रममा जनकपुरवासीलाई सम्बोधन गर्दै मिथिलाको सँस्कृति विश्वमै अद्भूत भएको जिकीर गरेका छन् ।

 

मिथिलावासीको शान हिमालय शिखर भन्दा पनि उच्च रहेको भन्दै मोदीले विश्वमै अद्भूत मिथिलाको सँस्कृतिलाई प्रशँसा गर्दै जनकपुर आउँदा कुनै अन्य देशमा नगएको एवम् आफनोपनको अनूभूति र आभाष भएको बताएका छन् ।

 

नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले भारतसँग नेपाल मिथिलाको प्राचीन सम्बन्ध रहेको बताउँदै मान, सम्मान, सँस्कृति, भेषभुषा मिथिलाको सँस्कृतिसँग एकनास भएको बताए ।

 

जनकपुरधाममा आएर माता जानकीको शरणमा शिर नमाउने आफ्नो चाहना पुरा भएको भन्दै मिथिलाको सँस्कृति, सभ्यता अद्भूत नै रहेको सुनाए । 

हरेक मुस्किल क्षणमा नेपालको लागि भारत तयार रहेको र नेपालसँग भारतको बेटी रोटीको सम्बन्ध रहेको बताए । 

 

समुद्ध नेपालको लागि भारतको चाहना शिघ्र पुरा हुने बाटोमा रहेको भन्दै विकासको रथ भारतजस्तै नेपालमा पनि दौडाउन आग्रह गरे । 

 

नेपाल र भारतको सम्बन्ध भगवान रामको जन्म त्रेतायुगदेखि नै रहेको छ , भारतले नेपालको हरेक क्षणमा साथ दिएको छ र भविष्यमा पनि यो सम्बन्ध अजर अमर छ । नेपालको विना राम पनि अधुरो छ जस्तो मलाई लाग्छ । युद्धदेखि बुद्धसम्म नेपाल भारतको सम्बन्ध अटुट र अमर रहेको छ । यसलाई तोडन सकिदैन । मोदीले सम्बोधनमा भने । 

 


युद्धदेखि बुद्धसम्मको परिवर्तनको लागि नेपालले खेलेको भूमिकाप्रति नेपाललाई बधाई दिदै मोदीले भने , नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्ने मौका दिल्लीमा पाए र आज ओली जी मलाई स्वागत गर्न जनकपुर आए, म आभारी छु । 

 

नेपाल भारतको सम्बन्ध कुटनीतिक र राजनीतिक नभई देवनीतिक भएको बताएका छन् । सम्बन्ध थप प्रगाढ बनाउन जनकपुर अयोध्या सीधा बस सेवा सँचालन गरेको पनि बताए ।

जयनगर जनकपुर बर्दिवास रेल्वेको काम अति तीव्र गतिमा सँचालन भएको भन्दै केही बर्षमै भारत रक्सौल नाकादेखि काठमान्डौँसम्म रेल्वेमार्ग जोड्ने प्रतिवद्धता जाहेर गरे । 

 

कृषि क्षेत्रको विकासमा थप बढी जोड दिने बताउँदै मोदीले प्रविधि क्षेत्रमा समेत विशेष ध्यान दिने भन्दै भारतले छाडेको सेटलाईटले नेपाललाई पूर्णत लाभ दिइरहेको बताए । 

 

मोदी 5T भिजन

 

सम्बोधनको क्रममा मोदीले ल्याएको विकासको 5T भिजनको बारेमा समेत चर्चा गर्दै नेपाललाई विकासको गति दिनको लागि 5T  भिजन महत्वपूर्ण रहेको बताए । 

मोदीको 5T भिजन मा  Talent , Tradition, Tourism , Trade , Technology रहेको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस