मोदीको जनकपुर भ्रमण : जानकी मन्दिरमा आज दुई ऐतिहासिक कार्यक्रम 

जनकपुरधाम–अयोध्याबीचको सोझो बस सेवाको शुभारम्भ !

-न्युज ब्युरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख  ।
 मोदीमय बनेका जनकपुरको जानकी मन्दिरमा आज दुई कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ । 


प्रधानमन्त्री  केपी  शर्मा  ओली  र  भारतीय  प्रधानमन्त्री  नरेन्द्र  मोदीको  जानकी मन्दिरमा दुई वटा कार्यक्रम हुने भएको छ  । 
 

जानकी  मन्दिरमा  प्रधानमन्त्री  ओलीले  भारतीय  समकक्षी  मोदीलाई  स्वागत  गरेपछि  सँगै विशेष पुजा पाठ गर्ने छन् ।


पुजापाठपछि       उनीहरु       जानकी       मन्दिरको   बाहिरी   परिसरमा   जनकपुरधाम–अयोध्याबीचको सोझो बस सेवाको शुभारम्भ गर्ने  छन्  ।


उनीहरु  त्यहाँ  नै  पर्यटकीय  क्षेत्रका  लागि  अत्यन्त  महत्वपूर्ण  मानिएको  रामायण  सर्किटको ‘लञ्च’ गर्ने छन् ।


त्यसपछि   प्रधानमन्त्री   ओली   छुट्टिएर   काठमाण्डुका  लागि  प्रस्थान  गर्ने  छन्  ।


मोदी  जानकी  मन्दिरमा  थप  केहि  समय  रहन  सक्ने  संभावना  छ  ।मोदीको  भ्रमणको  प्रमुख   दुई   कार्यक्रम   मध्ये   जानकी   मन्दिरको   विशेष   मानिएको   छ   ।   


मोदीलाई  विमानस्थलमा  रक्षा  मन्त्री  ईश्वर  पोखरेल, मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभामुख  सरोज  कुमार  यादव,  प्रदेशका  मन्त्री  र  राज्यमन्त्रीहरु  सहितले  स्वागत  गर्ने छन् । विमान स्थलमा   मोदी   स्वागतग्रहण   गर्दै   जानकी   मन्दिरका  लागि  प्रस्थान  गर्ने  छन्  ।

 

  जानकी  मन्दिरमा  उनको  स्वागतका  लागि  प्रधानमन्त्री  ओली रहने छन् ।ओलीसँगै जानकी मन्दिरमा महन्थ  रामतपेश्वर  दास  वैष्णव,  उत्तराधिकारी  महन्थ   रामरोशन   दास   वैष्णव   लगायतले   स्वागत गर्ने छन् ।ओली  हेलिकोप्टरबाट  जनकपुर  चुरोट  कारखानाको  खेल  मैदानमा  ओर्लेर  जानकी  मन्दिर पुग्ने छन् ।

 

मोदी आउनु भन्दा केहि अगावै ओली जानकी मन्दिर पुगिसक्ने बताईएको छ ।जानकी  मन्दिरमा  मुख्यमन्त्री  राउतपनि  रहने  छन्  । 

 बारहबिघामा  आयोजित  हुने  नागरिक  अभिनन्दनमा  भारतीय  प्रधानमन्त्री  मोदीलाई १ सय २१ किलोको माला लगाईने छ ।

 

प्रदेश सरकारको तर्फबाट उनलाई मालाले स्वागतगर्दा   प्रदेशका   मन्त्री,   राज्यमन्त्रीहरु   समेत सहभागि रहने एकजना मन्त्रीले जनाए ।

 

उपमहानगर     पालिकाले     अभिनन्दन     गर्नेछ          ।  अभिनन्दन          समारोहमा          केहि  लाख  मानिसहरुको  सहभागिता  रहने  प्रदेश  सरकारका  कृषी  मन्त्री  समेत  रहेका  जनपरिचालन  समितिका  संयोजक  शैलेन्द्र  प्रसाद  साहले  भने,  ‘सबै  जिल्लाहरुबाट  भारी  संख्यामा  सर्वसधारण  मोदीको  भाषण  सुन्न  आउने छन् ।

 

सवारी   साधनहरुको   प्रयाप्त   व्यवस्था   मिलाईएको    जनाउँदै    उनले    अभिनन्दन    समारोहमा  सहभागि  हुनेहरुका  लागि  प्रवेश    सहज  बनाइएको  आजको जनकपुर टुडेमा समाचार प्रकाशित गरिएको छ । 

प्रतिकृया दिनुहोस

कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल

रञ्जन भण्डारी | जनकपुरधाम, ११ जेठ । कत्तारमा एक कत्तारी व्यक्ति हत्या अभियोगमा फाँसीको सजाय सुनाइएका महोत्तरीका अनिल चौधरी बचाउको लागि पुनरावेदन

स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न 

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ जेष्ठ । देशमा बेरोजगारी बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्नका लागि श्री उदय नारायण मेमोरियल ट्रस्टको आयोजना र गोलबजार

मिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १० जेष्ठ । मुलुक लोडसेडिङ मुक्त देश घोषणा भइसक्दा पनि सिरहाको मिर्चैया लगायतका क्षेत्रमा विजुलीको लाइन छिनमै आउने र

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
संघीय भवनमा गर्जे अरगरिया, "जय मधेस" देखि "मधेस प्रदेश" सम्म के के भने ? हेर्नुहोस् । धनुषामा कटुवा पेस्तोल सहित एक पक्राउ 'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल धनुषाको पर्वतामा  मेयर मण्डलद्धारा शिव मन्दिर शिलान्यास  स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न  मिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान बर्षायाममा घरवारविहिन उमेशका आमावुवा, जाग्राम बसी रात काट्दै  धनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर ब्लडक्यान्सर : मृत्यूको पर्खाइमा एक १२ वर्षिय बालक