पवित्र बन्दै जनकपुरधाम, पर्यटक लोभ्याउँदै गंगा आरती 

२०७५ बैशाख २८ शुक्रबार
बिहान ०८:५२ बजे
न्यूज ब्यूरो, डेस्क

 

 

बिनय यादव |

 जनकपुरधाम, २८ बैशाख । धार्मिक पर्यटनको क्षेत्रको एक प्रमुख गन्तव्य स्थलका रुपमा स्थापित हुने प्रशस्त आधार रहेको जनकपुरधामको "गंगा आरती" को ख्याति दिन प्रतिदिन बढ्दै गएको छ । राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक पर्यटनमा गंगा आरती नयाँ आयाम हो ।

 

जनकपुरको प्राचीन तथा ऐतिहासिक सरोवर गंगा सागरमा हरेक साँझ हुने महागंगा आरतीले आन्तरिक तथा बाह्य दुवैखाले पर्यटकका लागि आकर्षक गन्तव्यस्थलका रुपमा यहाँको सरोवरहरुको धार्मिक महत्वलाई स्थापित गरेको छ । 

 

भारतको हरिद्वार, बनारसको गंगा आरती जस्तै ख्याति आर्जन गरिसकेको गंगा आरतीमा देशविदेशका गरी लाखौँ धर्मावलम्बीले सहभागिता जनाइसकेका छन् । धार्मिक महत्व बोकेको यो गंगासागरमा गंगा आरती सुरु भएपछि यसले पर्यटक भित्र्याउन उल्लेख्य भूमिका खेलेको सेभ हिस्टोरिकल जनकपुरका संयोजक तथा धनुषा निर्वाचन क्षेत्र नं. २ "ख" का प्रदेशसभा सांसद रामअशिष यादवले बताउनुभयो । विवाहपञ्चमी, राम नवमी, जानकी नवमी, छठ, डोला, परिक्रमा जस्ता धार्मिक गतिविधिमा गंगा आरतीले सुनमा सुगन्ध थपेको स्थानीयहरु बताउँछन् ।

 

मिथिला महात्माका अनुसार पवित्र सरोवर गङ्गासागरको पूजाले धन, सुख, समृद्धि र सन्तान सुख प्राप्ति हुन्छ भने यसमा स्नान गर्नाले महाकुम्भमा स्नान गरे जत्तिकै फल प्राप्ति हुने विश्वास छ । बृहत, विष्णु पुराण, वायुपुराण, शतपथ, भागवत, वाल्मीकि रामायण, बृहदारण्यकोषनिस

जस्ता धार्मिक ग्रन्थमा पुण्य भूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा उल्लेख गरिएकाले पनि गंगा आरतीको धार्मिक महत्व बढ्न गएको छ । यति मात्र नभएर गंगाको पूजा गर्दा हरेक प्रकारको विध्नबाधा र संकटबाट मुक्ति पाइने आम धारणा छ । यो आरतीले कुण्डको संरक्षण र सफाइ हुने भएकाले यसको धार्मिक र वैज्ञानिक दुवै महत्व छ ।

 

भनिन्छ, विश्वमा जनकपुरधाम नै एउटा यस्तो धार्मिक स्थल हो जहाँ जगत जननी सीता र गंगाको पूजा एकैसाथ हुन्छ । धर्तीको पूजा भनेको सीताको पूजा हो भने धर्तीलाई शीतलता दिनु भनेको गंगाको पूजा हो । सुरु भएदेखि नै पाँच जना पुजारीले नियमित रुपमा गंगा आरती गर्दै आएका छन् । अहिले यसको ख्याति विदेशसम्म फैलिन थालेपछि मुलुकको बाह्य र आन्तरिक पर्यटन प्रबर्द्धमा विशेष टेवा पुगेको बताइन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशमा फेरी थपिए तीन नयाँ मन्त्री

  • २०७५ बैशाख २८ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारको मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । विहिबार एक समारोहबीच नव नियुक्त मन्त्रीहरुलाई सपथ खुवाइएको हो ।  मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका

पूरा पढ्नुहोस्

Bureau Menus