• २०७५ कार्तिक २ गते, शुक्रबार
०३:५३ am

मोदी जनकपुर : एयरपोर्टदेखि बाह्रविघा मैदानसम्म यी वस्तुहरु निषेध


न्यूज ब्यूरो |
जनकपुरधाम, २७ बैशाख ।
बैशाख २८ गते शुक्रवार हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर जनकपुरमा धारिलो वस्तुहरुको प्रयोग निषेध गरिएको छ ।

 

शुक्रवार विहान १० बजेदेखि भारतीय प्रम मोदीको जनकपुर भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी जानकी मन्दिर तथा बाह्रविघा रँगभूमि मैदानको १०० मिटरको क्षेत्र दुरीमा धारिलो चिजवस्तु, मोटरसाईकलको हेल्मेट, मास्क, झोला पोका लगायतका समानहरु लिई कार्यक्रमस्थल प्रवेश गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको छ । 

 

त्यस्तो निषेध गरिएको सरसामान लिई प्रवेश गरेको पाइएमा तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कारबाही अगाडि बढाइने जानकारी समेत निषेधाज्ञा सुचनामा उल्लेख गरिएको छ ।

 

मोदी भोली शुक्रवार १० बजे जनकपुर विमानस्थलबाट जानकी मन्दिर र त्यसपछि बाह्रविघा मैदानमा अभिनन्दन कार्यक्रममा सहभागी हुनेछ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस