• २०७५ कार्तिक २ गते, शुक्रबार
०३:४० am

सिरहामा गोलि चल्यो, एक युवकको मृत्यु , एक पक्राउ


विनय यादव |
सिरहा, २४ बैशाख ।
सिरहामा  गोली चल्दा एक जनाको मृत्यू भएको छ । 

 

सिरहाको अर्नमा गाउँपालिकामा अज्ञात समुहले चलाएको गोलि लागि एक युवकको मृत्यु भएको छ । 

 

सिरहा अर्नमा गाउँपालिका वडा नं. १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा अन्दाजी २२ वर्षीय धर्मेन्द्र कुमार सिंहको गोलि हानि हत्या भएको हो । 

 

गएराति करिब ११ बजे अज्ञात समुहले चलाएको गोलि लागि गम्भीर घाइते भएका धर्मेन्द्रलाई उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

यता, घटनामा संलगन हुन सक्ने भनि अनुसन्धानका लागि सोहि गाउँपलिका बस्ने सन्तोष सिंह लाई पक्राउ गरि घटना बारे थप अनुसन्धान भइरहेको र धर्मेन्द्रको शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस