प्रदेश नं. २ मा विशेषज्ञता तहको अस्पताल स्थापनाको लागि पहल

२०७५ बैशाख २३ आइतबार
दिउसो १:१२ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो ||
जनकपुरधाम, २३ बैशाख ।
देशमा प्रादेशिक सँरचना निर्माण भएलगत्तै विकासको विभिन्न कार्यहरुलाई समेत तिव्रता दिइएको छ । 

 

प्रादेशिक सँरचना भएपछि प्रदेश नं. २ मा एउटा विशेषज्ञ तहको अस्पताल निर्माणका लागि प्रदेश सरकारलाई पहल गरिदिन सल्लाह दिइएको छ । 

 

मधेसी युथ थिंक टयान्कका अध्यक्ष डा. विनय पँजियारले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई शनिबार भेट गर्दै प्रदेश स्तरीय विशेषज्ञता तहको  अस्पताल स्थापनाको लागि सक्रियता देखाएका छन् ।

 

प्रदेशलाई स्वास्थ्य क्षेत्रमा विशेष राहत प्रदान गर्नको लागि स्वास्थ्य विज्ञहरु सम्मलित प्रदेश सरकारको निर्देशनमा वरिष्ठ चिकित्सक डा. राम केवल साहको सँयोजकत्वमा सल्लाहको कार्य पुरा गरेको जनाइएको छ । 

 

समितिको सदस्य सचिव समेत रहेका डा. पँजियार प्रदेश नं. २ को प्रमुख दलको रुपमा रहेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भेट गर्दै समितिले बनाएको ड्राफ्ट हस्तान्तरण गरेको थियो । 

 

ड्राफ्ट हस्तान्तरण गरेपछि आसा गरेको उक्त विशेषज्ञता तहको अस्पताल निर्माणको कार्य मूर्त रुप लिनेमा आसा व्यक्त गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७५ बैशाख २३ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus