बुद्ध जयन्तीकै दिन राजदेवीलाई हजारौं पशुपक्षिको बली

२०७५ बैशाख १७ सोमबार
बेलुकी ६:५८ बजे


बिनय यादव ||
सिरहा, १७ बैशाख ।
धार्मिक तथा पौराणिक महत्त्व बोकेका लहान-१७ ढोढनामा अवस्थित राजदेवी पञ्चावती मन्दिरमा आज हजारौं पशुपक्षी बली चढाइएको छ ।

 

बैशाख शुक्ल पूर्णिमाका दिन ठूलो भिडसहित मेला समेत लाग्ने गरेको छ । मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बली चढाउँन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाण्डौं बिराटनगर लगायत भारतको विभिन्न ठाउँबाट आएका हजारौं भक्तजनहरुको भीड् लाग्ने गर्छन् ।

 

सन्तान प्राप्ती, रोग नाश, कार्यसफलताका लागि भक्तजनहरुले लहान बजारदेखि नौ किलो मिटर उत्तरमा ३ विगाहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा बोका, हांस, परेवा र कुखुरा बलि चढाउने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बली चढाउँने चलन छ ।

 

स्थानीयवासिन्दाका अनुसार सो क्षेत्रमा जंगल परापूर्वकालदेखि नै थियो । गढिमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान राजदेवी पञ्चावती मन्दिरलाई लिइन्छ ।

 

आज शान्तिको सन्देश प्रचार गर्दै २५६२ औं वुद्धजयन्ती मुलुकभर मनाइरहेको बेला अहिंसाको सन्देश बोकेको पूर्णिमा भएपनि वर्षमा एकदिन मात्र बलि चढाउंने सो मन्दिरमा भाकल पूरा भएपछि भक्तजनहरुले पशु र पंक्षी बली दिने गरेको छ । 

 

मेला व्यवस्थापन समितिका सदस्य रामशरण चौधरीका अनुसार दश पुस्ताअघि त्यसक्षेत्रको जंगलमा जङगली जनावरहरुले दुख दिन थालेपछि धामीलाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरि पूर्णिमाको दिन बली दिन भनेअनुसार यहाँ बली दिने परम्परा रहेको हो ।

 

पूजा व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष पूर्णिमाका दिन मन्दिरमा बीस हजारबढीको संख्यामा बोका, पाठी र २५ हजारबढीको संख्यामा परेवा, हांस र कुखुरा बली दिने गरिन्छ । यसवर्ष पनि २० हजारबढीको संख्यामा पशु पंक्षिको बली चढेको आयोजक समितिले जनाएका छन् ।

 

पूर्णिमामा बली दिन नमिल्ने भएपनि राजदेवी मातालाई चण्डी ”पुर्णिमा” का दिन एक दिनमात्र ”बली” दिइने पौराणिक चलन भएको बताउछन् ।

 

वुद्धजयन्तीको दिन काटमार गर्न नहुने जानकारी भएपनि राजदेवी माताले त्यसदिनमात्र बली लिने भएकाले वाध्यता भएको ज्ञाताहरु बताउँछन् ।

 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना

  • २०७५ बैशाख १७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै एक महिलाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी धर्नामा बसेकी छन् ।  जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ क्याम्पसचौक

पूरा पढ्नुहोस्

Bureau Menus