लहान : वडाध्यक्ष कप २०७५ माथि आयोजकको कब्जा

२०७५ बैशाख १४ शुक्रबार
दिउसो २:४६ बजे

न्यूज ब्यूरो ||
सिरहा, १४ बैशाख ।
सिरहाको लहानमा संचालित टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत 'वडा अध्यक्ष कप २०७५' बिहिबार सम्पन्न भएको छ । बिहिबार भएको फाइनल खेलमा टस हारेर पहिला ब्याटिंग गरेका आयोजक वडा नम्बर ८ ले वडा नम्बर २१ लाई ७९ रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएका छन् । पहिला ब्याटिंग गरेका वडा नम्बर ८ ले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २२० रन बनाएका थिए भने जवाफी ब्याटिंग गर्न आएका वडा नम्बर २१ ले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा मात्र १४१ रन बनाइ पराजित भएका छन् ।

 

विहिबार भएको फाइनल खेलमा वडा नम्बर ८ का लागि म्यान अफ द म्याच भएका सुमित चन्द्र देवले ५९ रन बनाउदै ३ विकेट लिए भने , राम आशिष मण्डल ६० रन र राकेश कामैतले ४७ रन बनाई २ विकेट लिएका थिए । प्रतियोगिता अन्तर्गत २०२ रन बनाई ७ विकेट लिएका लहान २१ का मुकुन्द यादव म्यान अफ द सिरिज भएका छन् भने, प्रतियोगिता अन्तर्गत ९ विकेट लिएर बेस्ट वलर लहान १३ का अभिषेक कोइराला भएका छन्। त्यस्तै बेस्ट ब्याटस म्यान लहान ८ का राम आशिष मण्डल र बेस्ट फिलडर लहान ८ कै क्यापटन राकेश कामैत भएका छन् ।

 

लहान ८ का वडा अध्यक्ष विजय महतोको अध्यक्षता तथा लहान नगरपालिका नगर प्रमुख मुनि साहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा लहान नगरपालिकाका अधिकृत तिर्थ राज भट्टराई, वडा नम्बर ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता, वडा नम्बर २१ का वडा अध्यक्ष हेमन्त यादव, लहान एभरेष्ट कलेजका प्रिन्सिपल चक्रपाणी दाहाल , शेख मिडिया हाउस प्रालिका संचालक तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख लगायत विभिन्न वडाका वडा अध्यक्ष, सहयोगी संघ संस्थाका प्रतिनिधिहरु, खेल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतियोगिता अन्तर्गत पहिलो हुने वडा ८ लाई २५ हजार नगद, शिल्ड,मेडल संगै प्रमाण पत्र प्रदान गरिएको छ भने दोस्रो हुने वडा २१ लाई नगद १५ हजार सहित शिल्ड , मेडल र प्रमाण -पत्र प्रदान गरिएको छ ।

 

समापन कार्यक्रमा राष्ट्र निर्माण एवं विकासका लागि उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीहरु उत्पादन गर्नु आजको आवश्यक्ता रहेको नगर प्रमुख मुनि साहले बताएका छन् । प्रतियोगिताको प्रमुख आतिथ्यको आसनबाट बोल्दै नगर प्रमुख साहले खेलकुद प्रतिभाको खोजी गर्दै, प्रतिभाको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न स्थानीय, प्रदेश र संघस्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना आगामी आर्थिक वर्षमा लहान नगरपालिकाले गर्ने बताएका छन्। उनले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भै राष्ट्रको छवि उच्च बनाउन योगदान पुर्याउन सक्ने खेलाडी तयार गर्नु हाम्रो जिम्मेवारी रहेको पनि बताए ।

 

बैशाख ५ गते देखि शुरु भएको उक्त टि–२० क्रिकेट प्रतियोगितामा १, ३, ४, ५, ६, ७, ८, १०, ११, १३, १७, १९, २०, २१, २२ र २३ गरि १६ वडा सहभागी भएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७५ बैशाख १४ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus