जनकपुर क्रिकेट अपडेट : नेपाल प्रहरीले मारे बाजी

-न्युज ब्युरो, डेस्क

तस्विरहरु : घनश्याम कुमार मिश्र, जनकपुर


न्यूज ब्यूरो ||
जनकपुरधाम, ८ बैशाख । 

विभागीय टोली नेपाल प्रहरीले जनकपुरमा शुक्रवारबाट शुरु भएको दीपक गुप्ता मेमोरियल ( डीजीएम) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

 

जनकपुरको रंगभूमि मैदान बाह्र विगाहामा शुक्रबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक जनकपुरलाई ७५ रनले पराजित ग¥यो । १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली विपक्षीको आक्रामक बलिङसामु निरीह बन्दै १८ ओभर २ बलमा ८८ रनमा समेटियो ।

 

 

म्यान अफ द म्याच प्रदर्शन गरेका ललितसिंह भण्डारी एक्लैले ५ विकेट लिए । जनकपुरका लागि विशाल सुशलिङले सर्वाधिक ३६ र संसाद शेखले २० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

 

 

प्रहरीका लागि भण्डारीका अलावा रामनरेश गिरी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा ललितनरायाण राजवंशीले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन जोड्यो । उसका लागि आरिफ शेखले सर्वाधिक ४८ रन जोडे ।

 

४४ बलमा उनले १ चौका र ४ छक्का प्रहार गरे । उनका अलावा दीपेन्द्र सिंह ऐरीले ३१, मञ्जित श्रेष्ठले २५, सिद्धान्त लोहनीले १३ र सुनिल धमलाले १० रनको योगदान गरे । जनकपुरका लागि हरिशंकर साह र विशाल सुशलिङले समान २ तथा दिव्यान्सु मल्लिकले १ विकेट हात पारे ।

 

 

प्रहरीको शुरुवात राम्रो नभए पनि आरिफ र दीपेन्द्रले सम्हालेका थिए। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको प्रतियोगितामा नेपाल र भारतका गरी ८ टीमको सहभागिता छ । 

 

समूह एमा जनकपुर क्रिकेट टीम, वीरगञ्ज युनाइटेड, नेपाल प्रहरी र भारत आसामको फोनिक्स क्रिकेट टीम छन्, यस्तै बीमा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, विराटनगर क्रिकेट सोसाइटी र भारत उत्तर प्रदेशको कानपुरका सोनेट क्रिकेट क्लब सहभागी छन् । आजको न्यूजपेपर दैनिकमा समाचार छ । 
 

प्रतिकृया दिनुहोस

फिफा वल्ड कप २०१८ उपर फ्रान्सको कब्जा, दोस्रो पटक विजयी

न्यूज ब्यूरो | रसिया, ३२ असार ।  फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।  आइतबार भएको २०१८ फिफा विश्वकप फुटबल

धनुषामा सम्पन्न एन्फा कप उपर ढल्केवरको कब्जा

विनय कुमार यादव | धनुषा, ३० असार । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सम्पन्न एन्फा कप फुटबल प्रतियोगिताको उपाधी ढल्केवरले हात पारेको

"खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले गर्नुपर्छ" : मुख्यमन्त्री राउत

न्यूज ब्यूरो | जनकपुरधाम, १९ असार । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले नगरे सम्म खेलकुदको

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
लहानबाट अपहरण गरी गाडीमै बलात्कार गर्दैगर्दा चार बलात्कारी उदयपुरमा रंगेहात समातिए औरही गापाका युवाहरु गापा अध्यक्ष र अधिकृतलाई बुझाए भ्रष्टाचार विरुद्ध अभियानको प्रतिवेदन र ज्ञापन पत्र फिफा वल्ड कप २०१८ उपर फ्रान्सको कब्जा, दोस्रो पटक विजयी मटिहानीका किसानलाई तालिमसंगै सामग्री प्रदान जनकपुरमा मोनाष्टिकको लागि प्रवेश परीक्षा सम्पन्न, २ सय विद्यार्थीको सहभागी विश्वको सबभन्दा ठुलो सर्च ईन्जिन "गूगल" को प्रिमियर पार्टनर जनकपुरबाट राम युवा कमिटिको अध्यक्षमा "उपेन्द्र ठाकुर" विजयी  पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सम्पूर्ण चिकित्सकसँग माफी माग्नुपर्छ : डा. पँजियार प्रदेश नं. २ स्वच्छताको दृष्टिकोणले पोलिथिनमुक्त प्रदेश हुनुपर्छ : साँसद यादव  भ्रष्टाचार विरुद्धको अभियान तताए औरही गापाका युवाहरु, दोश्रो चरणको नागरिक भेला सम्पन्न