• २०७५ भदौ ६ गते, बुधबार
०१:११ pm

५ देशका कलाकारको जमघट एक्कै ठाऊँमा


घनश्याम मिश्र ||
जनकपुरधाम, २५ चैत्त ।
 विभिन्न ५ देशका कलाकारहरु नेपालमा एकै ठाउँमा भेला भएका छन् ।

 

नेपाल आर्ट काउंसिलमा अहिले नेपाली सहित विदेशी कलाकारहरुको कला हेर्न घुर्इचो लाग्ने गरेको छ ।

 

 हिजो देखी नै शुरू भएको ५ दिने कला प्रदर्शनिको उद्घाटन एक समारोह विच नेपालका संस्क़ृति, पर्यटन तथा उड्डयन मंत्री रविन्द्र अधिकारीले गर्नुभएको थियो । 

प्रदर्शनी को उद्घाटन गर्दै मंत्री अधिकारिले यस्ता खाले प्रदर्शनी बाट कला मात्र न भई देश देश बीच को सम्बन्ध समेत विस्तार हुनुको साथै कलकारको नेतृत्व समेत विकाश हुने विश्वास व्यक्त गरेका थिए ।

 


चैत्र २४ गते देखी सुरु भएको 'आर्ट- अग्जीविसन' मा मिथिला आर्टको पेंटिंग समेत राखिएको महोत्तरीबाट सहभागिहुन पुगेकी सुनैना ठाकुरले जानकारी दिएकी हुन ।


चैत्र २८ सम्म काठमाण्डू को बब्बर महल स्थित नेपाल आर्ट कॉउन्सिलको सभा गृहमा सुरु भएको ५ दिने प्रदर्शनीको नेपालका क्रिएटिभ वुमन अर्गनाईजेसन र भारतका आर्ट केरला मुजरिश ऑफ इंडिया ले संयुक्त रुपमा आयोजन गरेको बांग्लादेश की कलाकार नरगीश सोमा (प्रवीण) ले जानकारी दिईन ।


५ ओटा देशका खप्पीस कलाकारद्वारा बनाइएको आर्ट हेर्ने लायक मनमोहक र हृदयस्पर्शी रहेको आगन्तुक अतिथिहरुले प्रतिक्रिया दिएका छन ।


कार्यक्रममा नेपालका बरिष्ठ कलाकार यस।सी। सुमन, ललितकला केन्द्र की कुलपति रागनी उपाध्याय, पूर्व मंत्री एस.पी. कोइराला लगायत अन्य महत्वपूर्ण ब्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।


प्रदर्शनीमा नेपालका १५ जना कलाकारहरु कलाकृति प्रदर्शन मा राखिएको बंगलादेशी कलाकार नरगीश सोमा को भनाइ छ ।
सुनैना का अनुसार २२ जना भारतीय कलाकारको पेंटिंग्स ले प्रदर्शनिको रौनक बढाएको खुशी ब्यक्त गर्छिन ।


जोधासिंह चौधरी, आर. जयंत कुमार, विधान विस्वाश, टी. शन्तोष मित्रा लगायतका भारतीय कलाकरहरुको उपस्थिति रहेको छ भने नेपालका रंजुकुमारी यादव, प्रमिला परियार, मिथिला देवी, अरुणा हिंगमांग, सुष्मा राज भण्डारी, सारदा चित्रकार सहितको कलाकृति समविष्ठ गरिएको छ ।


 त्यस्तै, प्रदर्शनिमा छुटै देखिएको नरगिश सोमा९प्रवीण० को आर्ट ले सबै को मन जितेको हो ।


ब्राजीलका मेरी आमंदा, सेलेरोनाभस सहित सिंगापुरियन कलाकार जलीला नियाज र अनिला को आर्टको प्रशंशक पनि कम छैनन ।

यस्ता प्रदर्शनी ले ऊर्जा थपेको सुनाउछिन कलाकार सुनैना र नरगिस ।

resized image

न्युज ब्युरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ | मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम- २, कदमचोक |फोन नं. +97741-420085 | ईमेल ठेगाना - Trinews45@gmail.com

प्रतिकृया दिनुहोस