सलमान खानलाई जमानत, सजाय सस्पेन्ड , गुँजियो "बरजरँगी भाईजान"

२०७४ चैत २४ शनिबार
दिउसो ४:५३ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो ||
जनकपुरधाम ।
कालो हरिण शिकार काण्डमा दोषी करार दिइएका बलिवुड अभिनेता सुपर स्टार सलमान खानलाई आज जमानत मिलेको छ ।

 

सलमान खानलाई अदालतबाट ५० हजार रुपैयाँको मुचुल्कामा जमान गरिएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । 

यसका साथै सलमान खानको सजायलाई सस्पेन्ड समेत गरिदिएको हो । 

 

स्रोतका अनुसार, सलमानको रिहाईको लागि उनको रिहाई कागजको काम पुरा भईसकेको छ तथा केही बेरमै सलमान खान बाहिर निस्कदै छ । 

जहाँ सलमानलाई जमानत मिलेको छ त्यही यो पनि सुन्नमा आएको छ की स्थानीय विश्रोई समाज कोर्टमा एक पटक फेरी पनि अपिल गरिने छ । 

 

कोर्टले भनेका छन कि, सलमान खानलाई ७ मई अर्थात एक महिनापछि अदालत पुग्नुपर्नेछ  । साथै, उनलाई आफ्नो देशभन्दा बाहिर जाँदा अदालतबाट सिफारिस र ईजाजत लिएर मात्र जान पाउने छन् ।

 

सलमानको वकिल महेश बोडाले बेल ग्रान्टेड भनेको भनेर सँचारमाध्यमहरुमा प्रतिक्रिया दिइएको छ । 

 

जानकारी अनुसार, सेशँस कोर्टबाट जमानतको आदेश पहिले ट्रायल कोर्टमा पुग्नेछ ।  त्यसपछि ट्रायल कोर्ट सलमानको रिहाईको आदेश सेन्ट्रल जेल पठाउनेछन् ।
त्यसपछि सलमान मात्र जेलबाट रिहा हुन सक्ने प्रावधान रहेको छ । 

 

यो पुरै पक्रियाको लागि आज साँझसम्म लाग्ने छ भने त्यसपछि मात्र सलमान खान आज साँझसम्म रिहा हुने जनाइएको छ । 


सलमान खानलाई जमानत भएपछि सलमानका फ्यानहरुले एकातर्फ खुसीयाली मनाईरहेका छन् । भने खुसी बाँडनको लागि सलमानको घर बाहिर उनका फ्यानहरु पुगेर बजरँगी भाईजान बजरँगी भाईजान को नारा लगाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७४ चैत २४ शनिबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus