लहानमा वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने

२०७४ चैत १९ सोमबार
बिहान १०:०९ बजे

न्यूज ब्यूरो, सिरहा, १९ चैत्र । नयाँ वर्षको अवसरमा २०७५ बैशाख ५ गते देखि सिरहाको लहानमा वडाध्यक्ष कप वडा स्तरीय टि–टवान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

 

लहान नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा हुन लागेको प्रतियोगितामा सो नगरपालिकाका वडा नं. १ देखी २४ सम्मका स्थानिय वडा स्तरका  क्रिकेट  खेलाडीहरुको सहभागिता रहनेछ । २४ वटा टिमको सहभागिता रहेने उक्त क्रिकेट प्रतियोगीतामा स्थानिय युवाहरु लाई लक्षित गरि  क्रिकेट खेलप्रति रुची बढाउन र क्षमता विकास गर्ने उदेश्यले वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागीएको आयोजक लहान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजय कुमार महतोले आज पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ । 

 

सिरहा क्षेत्र नं. ४ प्रतिनिधि सभाका सांसद तथा पुर्व सुचना तथा संचार मन्त्री राजकिशोर यादवको प्रमुख आतिथ्यमा हुने उक्त प्रतियोगिताको अनुमानित खर्च ३ लाख ८० हजार ७ सय रहेको छ भने २ लाख वडा अध्यक्ष महतोले आफ्नो कोष बाट खर्च गर्ने बताएका छन् ।  प्रतियोगितामा हुने बाकि खर्च बिभिन्न संघसंस्था र बिज्ञापनबाट आउने आयोजकले जनाए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus

} }