योगाभ्यास प्रति आकर्षण बढ्दो, मिर्चैया ५ मा एकदिवसीय योग शिविर सम्पन्न

-विनय यादव, सिरहा

बिनय यादव, सिरहा, २८ फागुन । मिर्चैया नगरपालिका योग समितिको सहकार्यमा ह्वाइट हाउस इङ्ग्लिस बोर्डिङ स्कुल मिर्चैयाले आयोजना गरेको एकदिने नि:शुल्क योगाभ्यास शिविर सम्पन्न भएको छ ।

 

 

'योग गरौं, निरोग रहौं’ भन्ने मुल नाराका साथ मिर्चैया नगरपालिका वडा नम्बर ५ मा अवस्थित ह्वाइट हाउस ईङ्ग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा एकदिवसीय योग शिविर सञ्चालन भएको थियो ।

 

मिर्चैया नगरपालिका योग समितिका वरिष्ठ सल्लाहकार एवम् कार्यक्रमको प्रमुख अतिथि प्रदीप तिवारीले शिविरको उद्घाटन गर्दै योगले मानिसलाई स्वस्थ्य बनाउने भएकाले रोगको बाटो छेक्न योगले महत्वपूर्ण भूमिका खेलेको बताए ।

 

मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधना स्वरूप आयोजन गरिएको योगाभ्यास कार्यक्रममा गुरुत्व, मानव शरिर, प्राण, आत्मा, परमात्मा, तत्वको चर्चा तथा योगाभ्यास गरिएको थियो ।

 

 

ह्वाइट हाउस ईङ्ग्लिस बोर्डिङ स्कुल मिर्चैयाका संस्थापक सदस्य कमलदेव साहको सभापतित्वमा सम्पन्न योगाभ्यास कार्यक्रममा पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि प्रदीप तिवारी, कार्यक्रमका विशिष्ट अतिथि तथा नव सगरमाथा नेपाल टाइगर सप्ताहिक पत्रीकाका प्रमुख सम्पादक एवम् वरिष्ठ पत्रकार मधु बिसि तथा ह्वाइट हाउस ईङ्ग्लिस बोर्डिङ स्कुलका संस्थापक सदस्य मनोज यादव लगायतकाले योगबारे मन्तव्य राखेका थिए ।

 

उत्साहजनक रुपले योगाभ्यास शिविरमा मानिसहरुको सहभागी भएको आयोजकले बताएका छन् । पतञ्जली योग शिविरका योग प्रशिक्षकहरुले सहभागीहरुलाई योग सिकाएका थिए । 

 

कार्यक्रमा पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, पतञ्जली योग समितिका जिल्ला सदस्य बिरेन्द्र यादव, मिर्चैया योग समितिका उपाध्यक्ष भरत महासेठ, वरिष्ठ पत्रकार मधु बिसि, सल्लाहकारहरु प्रदीप तिवारी र सिकिया यादव, सदस्यहरु किशोरी साह, प्रमोद साह, रिना ठाकुर, ह्वाइट हाउस र सगरमाथा स्कुलका छात्रछात्रा तथा शिक्षक, स्थानीय व्यापारी, युवा, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, संचारकर्मी लगायतका उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल

रञ्जन भण्डारी | जनकपुरधाम, ११ जेठ । कत्तारमा एक कत्तारी व्यक्ति हत्या अभियोगमा फाँसीको सजाय सुनाइएका महोत्तरीका अनिल चौधरी बचाउको लागि पुनरावेदन

स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न 

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ११ जेष्ठ । देशमा बेरोजगारी बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्नका लागि श्री उदय नारायण मेमोरियल ट्रस्टको आयोजना र गोलबजार

मिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १० जेष्ठ । मुलुक लोडसेडिङ मुक्त देश घोषणा भइसक्दा पनि सिरहाको मिर्चैया लगायतका क्षेत्रमा विजुलीको लाइन छिनमै आउने र

TRINETRA

NEWS NETWORK PVT. LTD.

Janakpurdham, Nepal

|| हाम्रो बारेमा ||

  त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.

  जनकपुरधाम, २ कदमचोक

  +977 -041420085

  trinews45@gmail.com

  www.enewsbureau.com

|| प्रधान सम्पादक ||

  काशिन्द्र कुमार शर्मा

  जनकपुरधाम, नेपाल

  9854028045

  reporter.kashi@gmail.com

  www.theksharma.com

|| विज्ञापनको लागि ||

  विनय कुमार यादव

  जनकपुरधाम, नेपाल

  9803142770

  trinews45@gmail.com

  www.enewsbureau.com

|| सँस्था दर्ता नं. ||

  सुचना विभाग - ६९२/ ०७४- ७५

  प्रेस काउन्सील - १४०७/ ०७४/ ०७५

  कम्पनी - १८०९३६/ ०७४/ ०७५

  trinews45@gmail.com

  (PAN) - ६०६८१६९०८

|| रेडियो कमला ||

  Radio Kamala

  जनकपुरधाम, नेपाल

  9854028045

  trinews45@gmail.com

  www.enewsbureau.com

समाचार छ ? Post
UPDATED NEWS
संघीय भवनमा गर्जे अरगरिया, "जय मधेस" देखि "मधेस प्रदेश" सम्म के के भने ? हेर्नुहोस् । धनुषामा कटुवा पेस्तोल सहित एक पक्राउ 'मिस सिरहा २०१८' को अडिसन आज मिर्चैयामा कत्तारमा फाँसीका सजाय सुनाइएका अनिलको पुनरावेदन अपिल धनुषाको पर्वतामा  मेयर मण्डलद्धारा शिव मन्दिर शिलान्यास  स्वरोजगार बन्ने चाहना पूरा गर्दै मधेसका महिला, गोलबजारमा ३ दिने तालिम सम्पन्न  मिर्चैयाः छिनछिनमा बत्ती जाने समस्याले उपभोक्ता हैरान बर्षायाममा घरवारविहिन उमेशका आमावुवा, जाग्राम बसी रात काट्दै  धनुषामा करेन्ट लागेर जल्यो नवयुवक, उपचारको लागि धरान रिफर ब्लडक्यान्सर : मृत्यूको पर्खाइमा एक १२ वर्षिय बालक