• २०७५ मङ्सिर ४ गते, मंगलबार
११:०७ am

प्रदेश २ का मुख्यमन्त्री भन्छन् : 'प्रतिवद्धता कार्यन्वयनमा शँका नगर्नुस्'

तस्विर : पत्रकार आतिस मिश्रको फेसबुक पर्खालबाट


न्यूज ब्यूरो ||
जनकपुरधाम, २६ फागुन ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले महिलाको अधिकारको लागि प्रदेश सरकार कुनै कसर नछाडने बताएका छन् ।

प्रदेश सरकारले महिला अधिकार सुनिश्चितताको लागी पूर्णतः प्रतिबद्ध रहेको जीकिर गरेका छन् । 

 

प्रदेश सरकारको मन्त्री परिषद विस्तारमा महिलाको उपस्थिति सन्तोष जनक नभएको भन्दै बुझाएको ध्यानकर्षण पत्र ग्रहण गर्दै मूख्यमन्त्री राउतले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।


मन्त्री परिषदको विस्तारमा एक जना महिला समावेश भएको र मन्त्री परिषदको विस्तार अझै बाँकी रहेकाले सो क्रममा महिलाहरुको सुनिश्तितालाई विशेष ध्यान दिइने कथन राउतको थियो । 

 

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आफुले जारी गरेको प्रतिबद्धता कार्यान्वयन प्रति कुनै प्रकारको शंका नगर्न आग्रह गर्दै संविधानले महिलालाई प्रदत गरेको अधिकार सुनिश्चित हुनेमा आशावादी हुन आग्रह समेत गरेका छन् । 

 

महिला संजाल धनुषाका अध्यक्ष मन्जु यादवको नेतृत्वमा मुख्य मन्त्री कार्यालय पुगेको टोलीले मन्त्री परिषदको विस्तारमा महिलालाई उचित स्थान नदिई संविधानको उपेक्षा गरिएको भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस